०९ असार २०८३, मंगलबार

कंगनाले प्रभाससँग झगडा गरेको रहस्य खोलिन्, प्रियंका र दीपिकालाई बेवकुफ भनिन्

कात्तिक २०, २०७४
कंगनाले प्रभाससँग झगडा गरेको रहस्य खोलिन्, प्रियंका र दीपिकालाई बेवकुफ भनिन्

काठमाडौं, २७ वैशाख — बलिउड अभिनेत्री कंगना रनावत कुरा नचपाइकन बोल्नका लागि प्रसिद्ध छिन् । हालै उनी एउटा समारोहमा देखिएकी थिइन् । त्यतिखेर उनले बाहुबलीका नायक प्रभाससँगको झगडाका बारेमा खुलेर कुरा गरिन् ।


त्यसबाहेक उनले बलिउडका स्टारहरूमाथि पनि व्यंग्य कसिन् ।

‘प्रभासले गजबको काम गरेको देख्दा म एकदमै खुशी छु । हामीले शुरुवाततिर धेरै झगडा गर्ने गरेका थियौं र एकचोटि ठूलो झगडा गरेपछि त हामी एकअर्कासँग बोल्न पनि छाड्यौं,’ उनले भनिन् ।

पछि उनले थपिन्, ‘मैले बाहुबली हेरेपछि उनको सफलताप्रति गौरवान्वित भएँ र उनीहरू पनि त्यस्तै अनुभव गर्छन् होला ।’

कंगना र प्रभासले ‘एक निरञ्जन’ नामक फिल्ममा सँगै काम गरेका थिए । तर फिल्म फ्लप भएको थियो ।

कंगनालाई हलिउडमा खेल्ने रुचि छ कि छैन भनी प्रश्न गरिएको थियो । उनले उत्तर दिइन्, ‘अहिले पश्चिममा गएर काम गर्नु बेवकुफी हो । डिजिटल मिडियाका कारण उनीहरूको हल व्यापार ध्वस्त भइरहेको छ ।’

‘तर अहिले एसिया चाहिँ हलिउड १५ वर्षअघि जस्तो थियो, उस्तै छ । यहाँ मनोरञ्जनका लागि राम्रो पैसा कमाउने अवसर छ । म त हलिउडको चारो टिप्दिनँ,’ कंगनाले थपिन् ।

भनेपछि कंगनाले प्रियंका र दीपिकालाई बेवकुफ भनेकी जस्तो देखिन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्