२३ असार २०८३, मंगलबार

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीवार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले बुधवार विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त गरेकी थिइन् । 

यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्री कार्यालयमा तानिएको छ भने पार्वत गुरुङ महिला मन्त्रालयबाट सञ्चारमा सरुवा भएका छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।

शपथपछि मन्त्रीहरूले आजै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्दै छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्