२२ जेठ २०८३, शुक्रबार

विज्ञापनले भारतमा हंगामा, आखिर के छ त्यसमा ?

असोज २९, २०७७
विज्ञापनले भारतमा हंगामा, आखिर के छ त्यसमा ?

भारतमा गहना कम्पनी तनिष्कले बनाएको एक विज्ञापनले विवाद निम्त्याएपछि हटाइएको छ । विज्ञापनको विरोध गरिरहेकाहरूले तनिष्कलाई यस विज्ञापनका लागि माफी माग्न भनिरहेका छन् । 

मंगलवार तनिष्कले एक विज्ञप्ति जारी गर्दै यस चुनौतीपूर्ण समयमा विभिन्न क्षेत्रमा मानिस, स्थानीय समुदाय र परिवारहरूलाई एकत्रित गरी उत्सव मनाउन प्रेरित गर्ने उद्देश्यले विज्ञापन बनाइएको बतायो । 

तर यस विज्ञापनको उद्देश्यविपरीत गम्भीर प्रतिक्रिया आएको र जनताको भावनालाई आहत गरेकोमा आफूहरू दुःखी भएको उसले जनायो । उनीहरूको भावनालाई कदर गर्दै कर्मचारी र साझेदारहरूको हितलाई ध्यानमा राख्दै विज्ञापन फिर्ता लिइएको तनिष्कले जानकारी दियो । 

विज्ञापनमा मुसलमान परिवारमा हिन्दू बुहारी गर्भवती हुँदा दही खुवाउने संस्कार देखाइएको थियो । 

सेन्टर फर मिडिया स्टडीजकी महानिर्देशक पीएन वसन्ती यो एकदमै सुन्दर विज्ञापन भएको बताउँछिन् र यसमा केही गलत कुरा नदेखाइएको जिकिर गर्छिन् । 

सामाजिक सञ्जालमा यस विज्ञापनका विषयमा आएका प्रतिक्रिया लज्जास्पद भएको उनको धारणा छ । विज्ञापनविरुद्ध योजनाबद्ध रणनीति बनाइएको उनको धारणा छ । 

टाटा जस्तो ठूलो ब्रान्डले विज्ञापन किन फिर्ता लिएको होला भनी उनले आश्चर्य मानिन् । 

विज्ञापनको विरोध गर्ने खेमचन्द शर्मा सोध्छन्, ‘विज्ञापनको उद्देश्य के थियो ? यसमा सुन्दरता छ कि कुरूपता ?’

आफूहरूले टाटा ब्रान्ड, रतन टाटा वा तनिष्कलाई बदनाम गर्न नखोजेको तर विज्ञापनमा मुसलमानहरू मात्र प्रेम र सम्मान गर्छन्, हिन्दूले गर्दैनन् भनी देखाउन खोजिएकाले आपत्ति उठाएको बताए । यसमार्फत लभ जिहाद ​फैलाइएको उनको भनाइ छ । 
 

भाजपाको आईटी सेल तथा सामाजिक सञ्जाल समितिका सदस्य रहिसकेका खेमचन्द सबै धर्मको सम्मान गर्ने बताउँछन् । तर यस विज्ञापनमा क्रिएटिभ हेड मुसलमान भएको र उनले यस्तो विज्ञापन बनाउनै नहुने थियो भन्छन् । 

विज्ञापनलाई उल्टो पारेर देखाउन पनि उनी जोड दिन्छन् ।

उल्टो पार्नुमा के तुक छ ? मुसलमान परिवारका हिन्दी बुहारी हुँदा एकता नदेख्नेले उल्टो पार्दा कसरी एकता देख्नुहुन्छ त ? 

यसको उत्तर दिँदै खेमचन्द शर्मा भन्छन्, ‘अभिनेत्री शबाना आजमी यस विज्ञापनमा सुन्दरता देख्छिन् । तर राहुल कोठारीको मृत्युमा उनी चुप छिन् । त्यसमा उनी कुनै गल्ती देख्दिनन् । ऊ हिन्दू युवक थियो । मुसलमान युवतीलाई प्रेम गर्थ्यो । उसलाई कुटीकुटी मारे । उसको मृत्यु भएकै दिन यो विज्ञापन ल्याइयो र यी दुईमा सम्बन्ध छ । विज्ञापनलाई उल्टो पारेर देखाउनुुस् त, शबाना आजमी र कांग्रेसका नेताहरूले यसमा सुन्दरता देख्छन् कि दैख्दैनन् थाहा भइहाल्छ ।’

विज्ञापन फिर्ता लिएको सही हो किनकि यो विज्ञापन पूर्णतया गलत थियो, उनको भनाइ छ । 

विज्ञापनहरूले जनमानसमा विशेष प्रभाव पार्छन् । एक फिल्म वा धारावाहिक एकपटक आउँछ तर विज्ञापन त आँखाअगाडि बारम्बार आउँछ । दर्शकलाई ग्राहक बनाउन र उत्पादनप्रति लोभ्याउन विज्ञापन बनाइने हो । 
विगत केही वर्षमा विज्ञापनहरूमा एक किसिमको प्रगतिशीलता देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्