२८ जेठ २०८३, बिहीबार

अनेरास्ववियुको एकता अन्तिम चरणमा

असोज २९, २०७७
अनेरास्ववियुको एकता अन्तिम चरणमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ ।

अनेरास्ववियुले यही हप्ता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मंसिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ । 

अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुंगोमा पुर्‍याउन निर्देशन दिएका थिए ।

अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी गरिसकेको र सोही परिपत्र अनुसार अहिले एकताको काम भइरहेको जानकारी दिए । उनका अनुसार यसै हप्ता जिल्ला कमिटीलाई पूर्णता पाउने छ ।

यसअघि जिल्ला कमिटीका संयोजक र सहसंंयोजक तोकेर पठाइसकेको छ । अखिलले ५१–६१ जनासम्मको जिल्ला कमिटी बनाउने निर्देशन दिएको छ । 

संयोजक महरले परिपत्र अनुसार काम नगर्ने र समानान्तर कमिटी बनाउने केन्द्रीय कमिटी सदस्यलाई कारवाही गरिने बताए । पार्टी एकता भएसँगै नेकपाको पार्टी एकता अझै टुंग्गिएको छैन ।

यसअघि राष्ट्रिय युवा संघले मात्र जिल्ला र स्थानीय तहको एकता टुग्गाइसकेको छ । उनले जिल्ला, स्थानीय तह र क्याम्पस कमिटी टुंगिएपछि प्रदेश, विश्वविद्यालय, केन्द्रीय कमिटीको बाँडफाँड र कार्यविभाजन टुंग्याइने बताए । अखिलमा अहिले ३३५ जनाको केन्द्रीय कमिटी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्