१० साउन २०८३, आइतबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
फाइल फोटो

हेरफेरपछिको पहिलो मन्त्रिपरिषद् बैठक आजै साँझ बस्ने भएको छ ।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

यसक्रममा रिक्त ३ मन्त्रालयमा मन्त्री थपिएका छन् भने २ मन्त्रीको मन्त्रालय हेरफेर भएको छ ।

बुधवार थपिएका अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले बिहीवार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षाबाट प्रधानमन्त्रीको कार्यालयमा सारिएको छ भने पार्वत गुरुङ महिला मन्त्रालयबाट सञ्चारमा सरुवा भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्