
स्पेनको आल्गोदोनालेस पर्वतमा प्याराग्लाइडिङ गरिरहेको एक जोडी आकाशमै हुँदा एक गिद्धले पछ्याएको छ ।
गिद्धले उनीहरूसँगै उड्ने र उनीहरूको सेल्फी स्टिकमा बस्ने काम गरेको गोप्रो भिडियो सार्वजनिक भएको छ ।
खासमा गिद्धलाई सँगै उड्ने तालिम दिइएको थियो । स्कट मेसनले यसको आरम्भ गरेका हुन् र यसलाई प्याराहकिङ नाम दिइएको छ । यसमा तालिमप्राप्त चराहरूले मेसनलाई थर्मल कोलमतर्फ निर्देशित गर्छन् ।
तातो हावाका स्तम्भहरूले स्कटलाई हवाई यात्रा लम्ब्याउन बनाउन मद्दत गर्छन् अनि चराको जस्तो उडान गर्न समर्थ बनाएर रमाइलो अनुभव पनि गराउँछन् ।
सेप्टेम्बर २८ मा खिचिएको भिडियोमा स्कट र अर्का प्याराग्लाइडर एक गाउँमाथि उडेको देखिन्छ ।
उनीहरूसँगै गिद्ध आएर भिडियोमा देखिन्छ ।
ऊ कहिले प्याराग्लाइडरहरूभन्दा अगाडि बढ्छ तर जहिले पनि केही फीटको दूरीमा मात्र रहन्छ ।
गिद्धहरूलाई स्कट र साथीले घरीघरी मासुका टुक्रा दिने गर्छन् ।