
गूगल स्ट्रीट क्यामराहरूले संसारभरिका सडकको तस्वीर कैद गर्ने गरेका छन् । यी फोटाहरूबाट अनेकौं जानकारी समेत भेटिन्छन् ।

यसमा कैद भएका केही कुरा त हामी साधारणतया देख्नै पाउँदैनौं । यहाँ हामी गूगल क्यमराले लिएका यस्ता केही दृश्यहरू देखाइरहेछौं ।

सन् २००७ मा गूगलले अमेरिकाका कैयौं शहरमा क्यामरा घुमाएको थियो । स्ट्रीट भ्युको माध्यमले गूगल धर्तीमा लाखौं मिल हिँडिसकेको छ र सबै सडकलाई क्यामरामा कैद गर्न सफल भएको छ ।

गूगलको कारमाथि फिट गरिएको ट्राइपड क्यामराले ३६० डिग्रीमा सडकका तस्वीर खिच्ने गरेको छ जसको सहायताले तपाईं बाटो पहिल्याउन सक्नुहुन्छ ।

यही क्रममा गूगल क्यामरा अनौठा, सुन्दर र रमाइला तस्वीर कैद गर्न सफल भएको छ ।



एजेन्सी