२२ जेठ २०८३, शुक्रबार

माधुरी वेब सिरिजमा

असोज ३०, २०७७
माधुरी वेब सिरिजमा

फिल्ममा निर्वाह गरेको भूमिकामार्फत करोडौं फ्यान कमाएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब डिजिटल प्लेटफर्मतर्फ मोडिएकी छन्। माधुरी करण जौहरको प्रोडक्सन हाउसबाट बन्न लागेको एक वेब सिरिजमार्फत डिजिटल डेब्यु गर्न लागेकी हुन्।

यही वर्ष मार्चबाट मुम्बईमा यो सिरिजको सुटिङ सुरु भएको थियो। तर एक हप्ता सुटिङ भएपछि कोरोना माहामारीका कारण रोकिएको थियो। अब यसको बाँकी सुटिङ छिट्टै सुरु हुन लागेको छ। 

निर्माताले यही महिनाको अन्तिमबाट यसको पुनः सुटिङ सुरु हुने जानकारी दिएका छन्। यस पटक मुम्बईको ठाउँमा नासिकमा सुटिङ गर्न लागिएको उनीहरूले बताएका छन्। १५ दिनको सुटका लागि एउटा बंगला लिइएको छ। प्रोडक्सन टिमले बंगलामा सेट बनाउन सुरु गरेको छ। माधुरी र बाँकी टिम यो महिनाको अन्तिम वा नभेम्बरको सुरुमा नासिक पुग्ने बताइएको छ। 

करण जौहरले गत वर्ष डिसेम्बरमा आफ्नो वेब सिरिजमा माधुरी दीक्षितले काम गर्ने घोषणा ट्विटर अकाउन्टमार्फत गरेका थिए। करण जौहरको प्रोडक्सन हाउसबाट बन्ने नेटफ्लिक्सको यो वेब सिरिज फेमेली ड्रामा हुनेछ। यसको नाम ‘एक्ट्रेस’ राखिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्