०३ साउन २०८३, आइतबार

सांसदले कट्टुमा लुकाए भ्रष्टाचार गरेको पैसा

असोज ३०, २०७७
सांसदले कट्टुमा लुकाए भ्रष्टाचार गरेको पैसा

ब्राजिलमा कोरोनाभाइरसको केसहरू बढ्दै जाँदा भ्रष्टाचार पनि व्यापक मात्रामा बढेको छ । 

त्यहाँको भ्रष्टाचारनिरोधी इकाइले छापा मारेर राष्ट्रपति जाइर बोल्जोनारोको पार्टीका एक सांसदबाट ठूलो रकम बरामद गरेको छ । 

सांसद चिको रोड्रिग्सको कट्टुमा लगभग ६ लाख रुपैयाँ लुकाइएको अवस्थामा अधिकारीहरूले फेला पारे । 

सत्तारूढ दलका सांसद रोड्रिग्स भ्रष्टाचारमा लिप्त भएको सूचना पाएपछि रोरिमा राज्यमा रहेको उनको घरमा बुधवार छापा मारिएको थियो । उनले कोरोना व्यवस्थापनका लागि दिइएको रकम दुरुपयोग गरेको आरोप थियो । 

सिनेटर रोड्रिग्सले बयान जारी गरेर छापा हानेको विषयमा जानकारी दिएका छन् । आफूले कुनै गलत काम नगरेको उनले बताएका छन् । बदनाम गर्नका लागि हल्ला फैलाइएको उनको भनाइ छ ।

तर बरामद भएको रकमका विषयमा उनले केही पनि बताएका छैनन् । 

राष्ट्रपति बोल्जोनारोले चाहिँ यो विषयलाई मिडियाले उचालेको बताएका छन् । आफ्नो सरकारलाई भ्रष्ट साबित गर्नका लागि झूटो कथा रचिएको उनको आरोप छ । यस कारवाहीले पनि आफ्नो सरकार भ्रष्टाचारप्रति कठोर रहेको देखिएको उनले बताए । 
 

बोल्जोनारोले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने भन्दै सन् २०१८ मा चुनाव जितेका थिए । तर उनको सरकारमाथि भ्रष्टाचारका अनेकौं आरोप लागेका छन् । उनका छोरा फ्लेभियोले सांसदका रूपमा सरकारी सम्पत्ति अपचलन गरेको आरोप छ । 

salt training

कमेन्ट गर्नुहोस्