२३ जेठ २०८३, शनिबार

कोरोनाका ३ सय ९२ संक्रमितको अवस्था जटिल, ७७ जना भेन्टिलेटर र ३१५ जना आईसीयूमा

कोरोनाका ३ सय ९२ संक्रमितको अवस्था जटिल, ७७ जना भेन्टिलेटर र ३१५ जना आईसीयूमा
सांकेतिक तस्वीर

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएका ७७ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बाग्मती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आईसीयूमा उपचाररत संक्रमितको संख्या भने ३ सय १५ रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार प्रदेश १ मा ३२ जना, प्रदेश २ मा १३ जना, बाग्मती प्रदेशमा १७० जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ५४ जना, कर्णाली प्रदेशमा १८ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले  जनाएको छ ।

देशभरमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले दिएको जानकारी अनुसार ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या भने ७ सय १५ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ३७ हजार ३ सय ८२ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्