१० साउन २०८३, आइतबार

गाउँपालिका अध्यक्ष कुटिए, काँग्रेसले गर्‍यो कारवाहीको माग

गाउँपालिका अध्यक्ष कुटिए, काँग्रेसले गर्‍यो कारवाहीको माग

नेपाली काँग्रेसले पार्टीको जिल्ला कार्यसमिति, बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिटको घटनामा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।
काँग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज वक्तव्यमार्फत अध्यक्ष विष्टलाई निर्घात रुपले कुटपिट गरी गम्भीर घाइते बनाएको घटनाको दुई दिन बितिसक्दा पनि कुनै कारवाही नगरेको भन्दै दुःख व्यक्त गरेको छ ।
 
गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथिको आक्रमणमा सम्लग्न व्यक्तिको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारवाही गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्