![शिलालेखमा नाम नलेखिएपछि नेकपाकी उपमेयरले गरिन् हंगामा, मेयरसँग झगडा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/121611461_379741866728476_7892402443627737044_n_gZnxki6qoj.jpg)
शिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।
नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् ।
शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै आक्रोशित उपमेयर थापाले शिलालेखका ढुंगाले हिर्काइन् । त्यसपछि नगरपालिकाका मेयर ममता प्रसाद चौधरीसँग पनि उनले झगडा गरिन् ।
शिलालेखमा नाम नलेखेर आफ्नो अपमान गरेको भन्दै उपमेयर थापाले मेयर चौधरीविरुद्ध नारासमेत लगाइन् ।
स्थिती नियन्त्रण गर्न कार्यक्रम स्थलमा प्रहरीहरू नै परिचालित भएका थिए ।
हेर्नुहोस् भिडियो
भिडियो : बी सञ्चार