०८ साउन २०८३, शुक्रबार

दोलखामा एमाले कार्यकर्ताको हत्या: अनुसन्धान गर्न विशेष टोली गठन

कात्तिक २०, २०७४
दोलखामा एमाले कार्यकर्ताको हत्या:  अनुसन्धान गर्न विशेष टोली गठन

काठमाडौं, २७ वैशाख– दोलखामा निर्वाचन प्रचारप्रसारमा रहेका एक जनाको हत्या भएको घटना अनुसन्धान गर्न प्रहरीले विशेष टोली गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयले डिएसपीको कमाण्डमा एक विशेष टोली गठन गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो एसएसपी शेरबहादुर बस्नेत, जनकपुर अञ्चल प्रहरी प्रमुख एसएसपी सुवास चौधरी रहेको टोली गठन गरिएको हो ।
उक्त घटनामा एमाले पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकी घाइते भएका छन् । उनको काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरी प्रवक्ता सर्वोन्द्र खनालले मतदातामा असुरक्षको सन्देश नजाओस् भन्नेमा प्रहरी सजग रहेको बताएका छन् । उनले निर्वाचनको समयमा घटना हुन नदिने भन्दै भइहाले निष्पक्ष छानविन गर्ने बताए ।

स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. २ मा हिजो राति वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङको हत्या भएको थियो । उनको हत्यामा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताको हात रहेको एमालेले अारोप लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्