
कोभिड–१९ महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्ने नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी छ । गत चैतमा सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेयता हालसम्म नियमित र उद्दार उडानमार्फत १ लाख ११ हजार बढी नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार १ लाख ११ हजार ५४९ नेपाली स्वदेश फर्किएका छन् भने स्वदेश फर्किने मध्ये सबैभन्दा धेरै खाडी मुलुकहरूबाट रहेका छन् ।
हालसम्म ३२ देशबाट नेपालीहरु स्वदेश फर्किएको केन्द्रको तथ्यांकमा उल्लेख रहेको छ ।
शनिबार पनि कतार, युएई, मलेसिया, चीन लगायतका देशबाट नेपालीहरु स्वदेश फर्किएको केन्द्रले जनाएको छ ।

