१० साउन २०८३, आइतबार

बेनिशा र मुकुन एकसाथ पर्दामा

कात्तिक २, २०७७
बेनिशा र मुकुन एकसाथ पर्दामा

अभिनेत्री बेनिशा हमाल र अभिनेता मुकुन भुषाल एकसाथ पर्दामा देखिने भएका छन् । उनीहरुको मुख्य भुमिका रहने चलचित्र ‘भाँडाकुटी’को शनिवार घोषणा गरिएको छ ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माण पक्षले चलचित्र घोषणा गरेको हो, यो चलचित्रमा मुकुन र बेनिषासँगै अन्य केहि कलाकारको समेत अभिनय रहने जनाइएको छ ।

चलचित्र आगामी फागुनबाट सुरु गरिने भएको छ । 

बैबाहिक र सामाजिक परिस्थितीको कथामा निर्माण हुने चलचित्राई किरण बीकले निर्देशन गर्नेछन्, कलम खड्काले निर्माण गर्न लागेका हुन् ।

यो चलचित्रमा निशल पौडेलको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी, भिम बीकको सम्पादन रहनेछ । चलचित्रको अधिकांश भागको छायांकन बुटवल आसपासका क्षेत्रमा गरिने बुझिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्