०६ साउन २०८३, बुधबार

कोरोनाका कारण भारतमा एकैदिन १ हजार बढीको मृत्यु, ६१ हजार संक्रमित

कात्तिक २, २०७७
कोरोनाका कारण भारतमा एकैदिन १ हजार बढीको मृत्यु, ६१ हजार संक्रमित

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा हिजो शनिवार एकै दिन ६१ हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो नै १ हजार ३३ जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार पुगेको छ । यो विश्वमै दोस्रो ठूलो संख्या हो । सबै भन्दा बढी कोरोना संक्रमण अमेरिकामा पुष्टि भएको थियो ।

अमेरिकामा संक्रमितको संख्या ८३ लाख पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार पुगेको छ ।

धेरै कोरोना संक्रमित हुने मुलुकको ३५ औं स्थानमा रहेको नेपालमा १ लाख २९ हजार ३ सय ४ जनामा कोरोना संक्रमण भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्