२८ जेठ २०८३, बिहीबार

पटका पड्काएपछि उडे यी बालक (भिडियो)

कात्तिक २, २०७७
पटका पड्काएपछि उडे यी बालक (भिडियो)

चीनको एक सडकमा रहेको ढलको बिर्कोमा पटका पड्काउने बालक बिर्कोसँगै हावामा उडेको दृश्य भिडियोमा कैद भएको छ । 

सीसीटीभी फूटेजमा ती बालक ढलको खाल्डोमाथि बसेर पटका पड्काउँदा त्यो अचानक उडेको र बालकलाई ठूलो शक्तिले धकेलेको देखिन्छ । 

बालक हावामा उडेर जमीनमा पछारिएको थियो तर उसलाई गम्भीर चोटपटक लागेन । 

घटना अघिल्लो शनिवार गान्सु प्रान्तको काङ्ले काउन्टीमा भएको हो । 

भिडियोमा बालबालिकाको एक समूह खेलिरहेको देखिन्छ । यत्तिकैमा एक बालक ढलतिर आउँछन् । 

उनी टुक्रुक्क बस्छन् र ढलको बिर्कोमा पटका पड्काउँछन् । अचानक पटका पड्किन्छ र उनी हावामा फनफनी उड्छन् । 

विस्फोट हुँदा अन्य दुई बालकहरू झसंग हुन्छन् र दौडिन थाल्छन् ।

विस्फोट शक्तिशाली भएकाले बालक हावामा लगभग तीन मिटर उडेका थिए । 

उडेका बालक धम्म पछारिन्छन् र यताउता हेर्छन् । 

उक्त आवासीय क्षेत्रको व्यवस्थापन कार्यालयले ती बालकलाई चोटपटक नलागेको पुष्टि गरेको छ । 

‘बालक लडे, कुनै गम्भीर घटना भएन,’ कार्यालयकी एक अधिकारीले बताइन् । ‘पटका सानो रहेछ । ठूलो भएको भए समस्या आउँथ्यो ।’

ढलमा रहेको मिथेन ग्यास बलिरहेको पटकाको सम्पर्कमा आउँदा यस्ता घटनाहरू हुने गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्