२४ जेठ २०८३, आइतबार

पाकिस्तानमा बहालवाला र पूर्व प्रधानमन्त्रीबीच दन्तबझान जारी

कात्तिक २, २०७७
पाकिस्तानमा बहालवाला र पूर्व प्रधानमन्त्रीबीच दन्तबझान जारी

पाकिस्तानका बहालवाला प्रधानमन्त्री इमरान खान र पूर्व प्रधानमन्त्री नवाज शरीफबीच शाब्दिक लडाइँ जारी छ । 

सेनाप्रमुखले चुनावमा हस्तक्षेप गरेको र इस्लामाबादमा कठपुतली सरकार बनाएको आरोप नवाज शरीफले लगाएपछि इमरान खानले जवाफ फर्काएका छन् । 

पाकिस्तान मुस्लिम लीग (नवाज) का नेता शरीफमाथि भ्रष्टाचारको आरोप लागेपछि अदालतले सन् २०१७ मा सत्ताच्युत गरेको थियो । शरीफले शुक्रवार पहिलोपटक सेनाप्रमुख कमर जावेद बाजवा र आईएसआई प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीदको नाम लिँदै आक्रमण गरेका हुन् । 
 

शरीफलाई शनिवार जवाफ फर्काउँदै इमरान खानले भने, ‘नवाज शरीफ जनरल जिया उल हकको जुत्ता सफा गर्दै सत्तामा आएका थिए ।’

सन् १९८० को दशकमा शरीफ सत्तामा आउँदा जनरल जियाले देशमा सैन्य शासन चलाएका थिए । 

देशको लागि ज्यान बलिदान गर्ने सैनिकहरूका विरुद्ध शरीफले अपशब्द प्रयोग गरेको इमरान खानले आरोप लगाए । उनले भने, ‘सैनिकहरू किन ज्यान बलिदान दिइरहेका छन् ? हाम्रो लागि, देशका लागि । अनि यो गिद्ध त पुच्छर लुकाएर भागेको थियो । उसले सेनाप्रमुख र आईएसआई प्रमुखविरुद्ध यस्तो भाषा प्रयोग गर्ने ?’

सन् १९८० को दशकको अन्त्यतिर शरीफले मीरन बैंकसँग करोडौं रुपैयाँ लिएर बेनजीर भुट्टोविरुद्ध चुनाव लडेको इमरान खानले आरोप लगाए । उसैले आसिफ अली जरदारीलाई दुईपटक कारागार पठाएको इमरान खानले बताए । जनरल बाजवाले नभई  जरदारीले नै शरीफविरुद्ध हुदैबिया पेपर मिल्सको केस ल्याएको खानको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्