३२ असार २०८३, बिहीबार

कांग्रेस, माओबादी र सभामुखमाथि खनिए ओली !

कात्तिक २०, २०७४
कांग्रेस, माओबादी र सभामुखमाथि खनिए ओली !
काठमाडौं, २७ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस एमालेले कानुनी राज्यमाथि धावा बोलेको आरोप लगाएका छन् । उनले सभामुख ओनसरी घर्ती माथि पनि आफ्नो असन्तुष्टि पोखे ।
एमाले प्रचारप्रसार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानन्यायाधीश सुशीला कार्कीले अयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री र सभामुख नजानु अत्यन्तै दुखद रहेको उनले बताए ।

उनले उच्च ओहोदामा पुगेका उग्रपन्थीहरुले कानुनी राज्यको उपहास गर्न खोजिरहेको आरोप समेत लगाए । सभामुख ओनसरी घर्तिको भूमिकाप्रति पनि अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गरे । एक जना सांसद उठ्दा बैठक स्थगित गर्ने सभामुखले सिंगो एमाले पार्टी उठ्दा संसद अघि बढाउनको लागि लागिपरेकोमा ओलीले असन्तुष्टि व्यक्त गरे ।

उनले सभामुखको भूमिका पनि शंकास्पद भएको बताए । उनले सभामुखलाई मर्यादा के हो भन्ने कुरा बुझ्न पनि अनुरोध गरे । उनले सर्वोच्च अदालतलाई वहिष्कार गर्नु कुन मर्यादाभित्र पर्दछ भनेर प्रतिप्रश्न गरेका थिए ।
साथै ओलीले दोलखामा भएको घटना प्रति असन्तुष्टि जनाउँदै सरकारले गुण्डा प्रयोग गरेको आरोप लगाए । खाना खाइरहेका एमाले कार्यकर्तालाई दोलखामा आक्रमण गरेर हत्या गरिएको उनले बताए । अपराधीहरु समातिएको भएपनि माओबादी नेताको निर्देशनमा छोडिएको समेत उनले बताए ।

ओलीले कांग्रेस, माओबादी, सभामुख, सरकार सहित बुद्धिजिवीहरुसँग पनि असहमति राखेका छन् । उनले अहिलेका बुद्धिजिवीहरुले देशलाई माया नगरेको बताए । उनले पहिलोको समयमा नपढेकाहरुले देश बचाएको भएपनि अहिलेका बुद्धिजिवीमा चाहिँ देश प्रतिको माया नभएको उनले बताए ।

साथै उनले एमालेलाई भोट दिन नपर्ने कुनै कारण कसैले देखाउन सकेमा आफू २४ घण्टा सम्म बहस गर्न तयार रहेको समेत ओली बताए ।

salt training

कमेन्ट गर्नुहोस्