०८ असार २०८३, सोमबार

बालकोटमा देउवा र ओलीको भेटवार्ता, के भयो कुराकानी ?

कात्तिक २०, २०७४
बालकोटमा देउवा र ओलीको भेटवार्ता, के भयो कुराकानी ?

भक्तपुर, २७ वैशाख– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

छलफलका लागि सभापति देउवा बिहान ११ः३० बजे एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।

भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीका निजी सचिव अनिश दाहालले समसामयिक विषयमा दुई दलका अध्यक्षबीच छलफल भएको बताए ।

करिब एक घन्टा भएको भेटमा काँग्रेस सभापति देउवाले मधेस केन्द्रीत दललाई सहमतिमा ल्याएर चुनाव गराउनुपर्नेमा जोड दिँदै संविधान संशोधनमा सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको उनले बताए ।

भेटमा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको निर्वाचन बजेट अघि गर्नुपर्नेमा जोड दिँदै सहमतिका लागि छलफललाई निरन्तरता दिने र अन्य दलसँग छलफल गरेर गतिरोधको निकास निकाल्नेबारेमा छलफल भएको ओलीका निजी सचिव दाहालले जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्