
बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जम्मकट्टेलले दशैंभत्ता फिर्ता गरेका छन् ।
आइतवार उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै दशैं भत्ता फिर्ता गरेको जनाएका हुन् ।
उनले महामारीका समयमा एक महिनाबापतको तलब नलिने र सो रकम बाग्मती प्रदेश कोरोना कोषमा जम्मा गर्ने बताएका छन् ।

सांसदहरूलाई चाडबाड भत्ता दिइएको समाचार शुक्रवार लोकान्तर डटकमले खुलासा गरेपछि सांसदलाई बाँडिएको दशैं भत्ताको चौतर्फी विरोध भइरहेको छ ।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यहरू तथा प्रदेश सभा सदस्यहरूले अहिले धमाधम भत्ता फिर्ता गरिरहेका छन् ।