
चितवनको भरतपुर महानगरपालिकाले चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।
महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल –धुर्मुस)लाई सो रकम हस्तान्तरण गरेकी हुन् ।
‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका बाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।
कोरोना महामारीका बावजुद रंगशाला निर्माणको काम भइरहेको छ । यसअघि बाग्मती प्रदेश सरकारले रंगशाला निर्माणका लागि ३ करोड रुपैया दिने निर्णय गरेको थियो ।