२३ जेठ २०८३, शनिबार

दशैं भत्ता फिर्ता गर्नेमा थपिए कांग्रेस सांसद बालकृष्ण खाण

कात्तिक २, २०७७
दशैं भत्ता फिर्ता गर्नेमा थपिए कांग्रेस सांसद बालकृष्ण खाण
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बालकृष्ण खाणले पनि दशैं भत्ता फिर्ता गरेका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खाणले भत्ता फिर्ता गर्ने जनाएका हुन् ।

'अहिलेको विषम अवस्था र आम नेपालीले भोग्नुपरेको अभाव र पीडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दशैं भत्ता लिन उचित लागेन । यो रकम संसद सचिवालयमार्फत सरकारलाई फिर्ता गर्दछु । सरकारले जनहितमा उपयोग गरोस्,' उनले लेखेका छन् ।

लोकान्तरले पहिलोपटक 'जनता भोकभोकै सडकमा, कोरोनाकालमा सांसद र उनका पीएले बुझे दशैंभत्ता !' शीर्षकको समाचार प्रकाशित गरेपछि सांसदहरूले धमाधम दशैं भत्ता फिर्ता गर्न थालेका छन् ।

नेकपा र कांग्रेसका सांसदहरूले अहिले दशैंभत्ता नलिने या बाढी पहिरो पीडितलाई सहयोग गर्ने र भेन्टिलेटर किन्ने घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्