३१ असार २०८३, बुधबार

गूगलमा जवाफ पाउनुभएन ? यी वेबसाइट पनि हेर्नुस् !

कात्तिक २०, २०७४
गूगलमा जवाफ पाउनुभएन ? यी वेबसाइट पनि हेर्नुस् !

तपाईंले गूगलमा केही कुरा खोज्नुभयो तर त्यो त्यहाँ उपलब्ध भएन वा त्यहाँ भएको उत्तरले तपाईंलाई सन्तुष्ट गराएन । नआत्तिनुस्, यहाँ हामी विकल्पका रूपमा रहेका केही वेबसाइटको बारेमा कुरा गर्दैछौं जसले तपाईंलाई उत्तर दिन्छन् ।


क्वोरा

प्रश्नहरूको उत्तर दिने यो प्रसिद्ध वेबसाइट हो । यहाँ तपाईं प्रश्न लेख्नुस् । प्रश्नको विषयका जानकारहरूले तपाईंको प्रश्नको उत्तर दिनेछन् । त्यसका लागि तपाईंले गूगल, फेसबूक वा इमेल अकाउन्टको लिंक राख्नुपर्छ । अनि यहाँ तपाईंले अरूको प्रश्नको जवाफ पनि दिन सक्नुहुन्छ ।

यान्सर डट्कम
यो साइटमा विकिपिडिया स्टाइलमा एउटा कम्युनिटीले तपाईंका प्रश्नको जवाफ दिन्छ । यसको प्रयोग सजिलै गर्न सकिन्छ । सर्च बारमा प्रश्न लेखेर गो बटनमा क्लिक गर्नुस् । त्यसका लागि वेबसाइटमा अकाउन्ट पनि बनाइरहनुपर्दैन ।

जस्ट यान्सर
यो वेबसाइटले भेरिफाइड र लाइसेन्स्ड एक्सपर्टबाट मात्र प्रश्नको जवाफ दिइने दाबी गर्छ । ती एक्स्पर्टमा चिकित्सक, वकिल लगायात विषयका विज्ञहरू हुन्छन् । यीमध्ये एक विशेषज्ञ छानेर प्रश्न राख्नुस् । नौ सेकेन्डभित्र जवाफ दिइनेछ भनी वेबसाइट दाबी गर्छ ।

याहू यान्सर्स
याहू पनि प्रश्नहरूको उत्तर पाउनका लागि लोकप्रिय वेबसाइट हो । सटीक उत्तर पाउनका लागि तपाईंसँग याहू अकाउन्ट हुनुपर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्