
भोज कुमार धमला
न अस्पताल जानु पर्छ
न औषधी खानु पर्छ
ढले पछी त सक्किगो
धुकधुकी हुन्जेली
त आस हुन्छ, चल्न
छाडे पछी त सक्किगो
जुनिभर कमाएको इज्जत
लगौटी फुस्केर,
झरे पछि त सक्किगो
फ़क्रिउन् जेल पो जिन्दगी
ओइलाएर, झर्न
थाले पछी त सक्किगो
आसै आसमा बस्ने जीवन
पुर्पुरोमा हात, निरास हुन
थाले पछी त सक्किगो
निरन्तर चल्ने पाइलाहरु
ठेस लागेर, बर्लङ्ग
लडे पछी त सक्किगो
अरे यार देशका नेता मात्र हैन
जनता पनि उस्तै छन्
एकले अर्कालाई सराप्नु
परेपछि त सक्किगो