२४ असार २०८३, बुधबार

जसपाको केन्द्रीय कार्यकारिणी बैठक शुरू - समायोजन र कार्यविभाजनमा छलफल हुने

कात्तिक ३, २०७७
जसपाको केन्द्रीय कार्यकारिणी बैठक शुरू - समायोजन र कार्यविभाजनमा छलफल हुने
तस्वीर - केशव झाको फेसबूकबाट

विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डासहित जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।

५१ जना सदस्य रहेको कार्यकारिणी समितिको बैठक राजधानीस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा चलिरहेको नेता विश्वदीप पाण्डेले लोकान्तरलाई बताए ।

गत वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनेको थियो । त्यसयता बसेको यो दोस्रो केन्द्रीय कार्यकारिणी बैठक हो ।

पार्टी एकता भए पनि एकता प्रक्रिया सम्पन्न भएको छैन । समायोजन र कार्यविभाजन अस्पष्ट देखिन्छ । त्यही एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यकारिणी बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्