०८ असार २०८३, सोमबार

नेकपा सांसद प्रभु साहले विज्ञप्ति जारी गरेरै फिर्ता गरे दशैं भत्ता

कात्तिक ३, २०७७
नेकपा सांसद प्रभु साहले विज्ञप्ति जारी गरेरै फिर्ता गरे दशैं भत्ता

नेकपा सांसद प्रभु साहले दशैं भत्ताबापत आएको रकम फिर्ता गर्ने घोषणा गरेका छन् ।

सांसद साहले सोमवार विज्ञप्ति जारी गरी खातामा आएको ६४ हजार ७० रुपैयाँ दशैं भत्ता फिर्ता गरेको उल्लेख गरेका हुन् ।

कोरोना महामारीका बेला जनता खान नपाएर भौँतारिरहेको अवस्थामा सांसदहरूले दशैं भत्ता बुझेको रकम लोकान्तर डटकमले सबैभन्दा पहिला प्रकाशित गरेको थियो ।

त्यसयता नेकपा र कांग्रेसले दशैं भत्ता फिर्ताको घोषणा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्