३१ जेठ २०८३, आइतबार

१७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ

कात्तिक ३, २०७७
१७ वर्ष कैद सजाय सुनाइएका अभियुक्त ६ वर्षपछि पक्राउ

संगठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार १ प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । 

विक्रम संवत् २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल (विन्दल) लाई बजरङ्ग पन्सारी (अग्रवाल) र मेचे सहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं महानगरपालिका–२९ गोङ्गबुस्थित होटल काठमाडौं इनबाट मेचेलाई आइतवार पक्राउ गरी आवश्यक कारवाहीका लागि सोमवार जिल्ला प्रहरी कार्यालय झापा पठाएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए ।

उनीहरूले अग्रवाललाई एम्बुलेन्समा हालेर हर्कबहादुर कन्दका घरमा पुर्‍याइ बन्धक बनाएका अवस्थामा सोही वर्ष माघ २३ गते उद्धार गरेको थियो । सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा १ प्रहरी समेत घाइते भएका थिए । संगठितरुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्