२७ असार २०८३, शनिबार

काठमाडौ‌ंमा मात्रै थपिए कोरोनाका २ हजार ३ सय ८८ संक्रमित

कात्तिक ३, २०७७
काठमाडौ‌ंमा मात्रै थपिए कोरोनाका २ हजार ३ सय ८८ संक्रमित

काठमाडौं उपत्यकामा मात्रै कोरोनाका २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ संक्रमित थपिएका हुन् ।

देशभरमा भने ३ हजार ७ सय ९० संक्रमित थपिएका छन् । संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सक्रिय संक्रमितको संख्या भने ४० हजार नाघेको छ । मन्त्रालयका अनुसार ४० हजार ७ सय ७८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको छ ।

मन्त्रालयका अनुसार मृतकको संख्या भने ७ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्