३१ जेठ २०८३, आइतबार

संघीय सरकारका ३ मन्त्रीमा कोरोना पुष्टि

कात्तिक ३, २०७७
संघीय सरकारका ३ मन्त्रीमा कोरोना पुष्टि

केपी ओली नेतृत्वको सरकारका ३ मन्त्रीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज भौतिक योजना तथा यातायात मन्त्री बसन्त नेम्वाङमा समेत कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित मन्त्रीको संख्या ३ पुगेको हो ।
मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको भन्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन आग्रह गरेका छन् ।
यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेलमा कोरोना पुष्टि भएको थियो ।
यस्तै प्रधानमन्त्रीका सल्लाहकारहरूमा साथै केही सांसद पनि कोरोना संक्रमण पुष्टि भएको छ । केही संक्रमणमुक्त भइसक्दा केही भने अझै पनि उपचार मै रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्