३२ असार २०८३, बिहीबार

बैज्ञानिक भन्छन्ः मान्छे अग्ला हुँदै गए

कात्तिक २०, २०७४
बैज्ञानिक भन्छन्ः मान्छे अग्ला हुँदै गए

तपाई कम उचाइको हुनुहुन्छ र आफ्ना सन्तान पनि कम उचाइका हुन्छन् की भन्ने चिन्तामा हुनुन्छ ? अब पिर नगर्नुहोस्, एक अध्ययन अनुसार विश्वभर मानिसहरुको उचाइमा बृद्धि भइरहेको छ । वैज्ञानिकहरुका अनुसार १९ औं शतावदीको तुलनामा अहिले मानिसहरुको उचाइ ११ सेन्टिमिटरले वृद्धि भएको हो ।

अध्ययन अनुसार बेलायती २१ वर्षे पुरुषको औषत उचाइ सन् १८७१ देखि ७५ सम्मको अवधिमा ५ फिट ५ इन्च रहेकोमा सन् १९७१ देखि ७५ सम्मको अवधिमा ५ फिट १० इन्च पुग्यो । पछिल्ला दिनहरुमा पनि मानिसहरुको उचाइमा बृद्धि भइरहेको छ ।

अक्सफोर्ड इकोनोमिक्स पेपर जर्नलमा छापिएको एक अध्ययन अनुसार उचाइमा भएको बढोत्तरी रिपोर्टहरु पुरुषको मात्र हो । बेलायतको एसेक्स विश्वविद्यालयका प्राध्यापक टिम ह्याटनका अनुसार तर उचाइमा भएको यो वृद्धिमा डार्विनको सिद्धान्त लागु भएको भन्न सकिने अवस्था भने छैन । उनको भनाइमा २० औँ शताब्दीमा मानिसको औषत आयुमा पनि वृद्धि भएको छ । १९ औँ सताब्दीमा बाँच्ने सम्भावना नभएका मान्छेहरु समेत बिसौँ सताब्दीमा बाँच्न सफल भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्