०३ असार २०८३, बुधबार

लूनकरणदास गङ्गादेवी साहित्यकला सम्मान प्रदान

कात्तिक २०, २०७४
लूनकरणदास गङ्गादेवी साहित्यकला सम्मान प्रदान
काठमाडौँ, २७ वैशाख – लूनकरणदास गङ्गादेवी साहित्यकला मन्दिरले स्थापनाको २३ औँ वर्ष प्रवेशका अवसरमा आज विभिन्न साहित्यकारहरुलाई सम्मान प्रदान गरेको छ ।

संस्थाका अधयक्ष वसन्तकुमार चौधरीले ती सम्माान र पुरस्कार प्रदान गर्नुभएको हो । गङ्गादेवी चौधरी स्मृति सम्मान प्राज्ञ तोया गुरुङलाई, सरस्वती सम्मान गीतकार कालिप्रसाद रिमाललाई, इतिहास शिरोमरणि बाबुराम शोधसम्मान प्रा हरिकान्तलाल दासलाई, नारायणगोपाल सङ्गीत सम्मान दीप श्रेष्ठलाई, अरनिको ललितकला सम्मान उत्तम नेपालीलाई, बालकृष्ण सम रङ्ग सम्मान महेन्द्र मलङ्गियालाई र नेपाल प्रतिभा सम्मान मीरा राईलाई प्रदान गरिएको हो ।

अध्यक्ष चौधरीले सिर्जनाले राष्ट्रियस्तरमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा पनि छाप पार्ने भएकाले सर्जकलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्