०८ असार २०८३, सोमबार

अमेरिकी पत्रकारले यस्तो हर्कत देखाएपछि

कात्तिक ४, २०७७
अमेरिकी पत्रकारले यस्तो  हर्कत देखाएपछि

अमेरिकाबाट निस्कने पत्रिका द न्युयोर्करका संवाददाता जेफ्री टूबिनलाई ‘लाजमर्दो र मूर्खतापूर्ण भूल’ गरेकोमा निलम्बन गरिएको छ । 

आफ्ना सहकर्मीहरूसँग जूममा कल गर्दै गर्दा उनले लिंग प्रदर्शन गरेका थिए । पत्रिकाले घटनाको अनुसन्धान गरिरहेको छ । 

गत साता उक्त घटना भएको हो । न्युयोर्करका कर्मचारी र वाईएनसीवाई रेडियोबीच जूम कल हुँदै गर्दा टूबिनले मर्यादा बिर्सेका हुन् । 

आफूले क्यामरा बन्द गरेको जस्तो लागेको र जूम कलमा कसैले पनि आफूलाई नदेख्ने जस्तो लागेको टूबिनले एक बयान जारी गरेर बताए । 

‘मैले जूम भिडियो म्युट गरेको जस्तो लागेको थियो,’ उनले बताए । उनले पत्नी, साथीभाइ र सहकर्मीहरूसँग माफी मागेका छन् । 
 

टूबिनले पहिलापहिला पनि अनेकौं हर्कत गरेर चर्चा कमाउने गरेका थिए । उनको यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै मजाक उडाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्