०८ साउन २०८३, शुक्रबार

कर्णालीमा सीता नेपालीलाई प्रमुख सचेतक बनाउने मुख्यमन्त्रीको निर्णय बालुवाटारबाट बदर

कात्तिक ४, २०७७
कर्णालीमा सीता नेपालीलाई प्रमुख सचेतक बनाउने मुख्यमन्त्रीको निर्णय बालुवाटारबाट बदर

कर्णाली प्रदेशमा नेकपाभित्र देखिएको विवादसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउनेबारे गरेको निर्णय बालुवाटारले बदर गरिदिएको छ ।

बालुवाटारमा नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि मुख्यमन्त्री शाहीको निर्णय बदर गर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मंगलवार साँझ एक प्रेस नोट सार्वजनिक गर्दै सल्लाहकार थापाले प्रमुख सचेतकमा शाहीले नियुक्त गरेका सीता नेपालीको निर्णय पनि बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको जनाएका छन् ।

मुख्यमन्त्री शाहीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति समेत भएको प्रेस नोटमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्