२५ असार २०८३, बिहीबार

काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने – नेता पौडेल

कात्तिक २०, २०७४
काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने – नेता पौडेल


पोखरा, २७ वैशाख - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने बताएका छन् ।

नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२७ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसकै नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेका कारण अब राष्ट्रिय समृद्धि र विकासका लागि कृषि क्रान्ति, जलस्रोतको उपयोग, पर्यटनको विकासलगायत योजना अघि बढाइने बताए।

पोखरा विश्वकै पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै उनले यहाँको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तत्काल अघि बढाउँदै अन्य आवश्यकीय अन्तर्राष्ट्रियस्तरका पूर्वाधार विकास गरिने उल्लेख गरे ।
नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले देशका सबैखाले समस्याको समाधान गर्न सक्ने पार्टी नेपाली काँग्रेस भएको बताउँदै हिमाल, पहाड र तराई सबैलाई मिलाएर लैजाने तागत केवल काँग्रेसमा रहेको दाबी गरे ।

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवम् सांसद यज्ञबहादुर थापाले महानगरमा काँग्रेसको विजयसँगै लेखनाथको सिलिङ्गेमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, लेखनाथका सातवटै ताललाई जोड्ने सडक सञ्जाल, लामेआहालमा निर्माणाधिन क्षेत्रीय वसपार्क निर्माण लगायतका योजना प्राथमिकताका साथ अघि बढाइने बताए ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले समृद्ध पोखराको निर्माणको योजनाका साथै महानगर एवम् यहाँका वडाको विकासका लागि घोषणापत्रमा उठाइएका विकास योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्