०४ असार २०८३, बिहीबार

गरीब र विपन्न नागरिकलाई गाउँपालिकाकाको दशैँ राहत

कात्तिक ५, २०७७
गरीब र विपन्न नागरिकलाई गाउँपालिकाकाको दशैँ राहत
फाइल फोटो

कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरीब, अपांगता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ ।

दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो ।

उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए।

उनले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए ।

“भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।”

salt training

कमेन्ट गर्नुहोस्