
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ कोरोना संक्रमित थपिएको जनाएको छ ।
बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २० हजार ११८ को पीसीआर परीक्षण गरिएको र तीमध्ये ५ हजार ७४३ मा कोरोना संक्रमण देखिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ ।
डा. गौतमले पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बताए । नेपालमा हालसम्म ९९ हजार ६ सय ५ ले कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ रहेको छ । हालसम्म नेपालमा संक्रमणका कारण ७ सय ९१ ले ज्यान गुमाइसकेका छन् ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ३ हजार १०७ रहेको छ । डा. गौतमले काठमाडौँ जिल्लामा २३ सय ९१, भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ संक्रमित थपिएको बताए ।