
कोरोना सङ्क्रमणबाट पाल्पामा आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष छन् ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो । लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए ।