३१ असार २०८३, बुधबार

कस्तो छ माओवादीसँगको झडपमा घाइते दोलखाका बूढाथोकीको अवस्था ?

कात्तिक २०, २०७४
कस्तो छ माओवादीसँगको झडपमा घाइते दोलखाका बूढाथोकीको अवस्था ?


काठमाडौँ, २७ वैशाख - दोलखाको गौरीशङ्कर गाउँपालिका–२ जुँगु दहवारीमा भएको झडपमा घाइते भएका दिलबहादुर बुढाथोकीको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ ।dolakha

मङ्गलबार राति नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको झडपमा घाइते भएका एमाले कार्यकर्ता बुढाथोकीको स्वास्थ्यमा सुधार आएको नेकपा (एमाले) प्रदेश सम्पर्क कमिटी–३ का संयोजक श्यामकुमार बस्नेतले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनुभएका बुढाथोकीको स्वास्थ्य अवस्था बुझ्न नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवालीलगायत नेता आज अस्पताल पुगेका थिए । बुढाथोकीलाई उपचारका लागि आज यहाँ ल्याइएको हो ।

महासचिव पोखरेलले चुनावी प्रचारका क्रममा जघन्य अपराधको घटना भएकोप्र्रति घोर निन्दा गर्दै उनको स्वास्थ्य उपचार खर्च र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

घाइते बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ । झडपमा घाइते एमालेका कार्यकर्ता कुलबहादुर तामाङको उपचारका क्रममा ज्यान गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्