पुनर्निर्माणपछिको रानीपोखरीमा ४१ वटा तीर्थस्थलबाट ल्याइएको जल अर्पण गर्दै बुधबार उद्घाटन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माटोको कलशमा राखिएको जल पोखरीमा हालेर उद्घाटन गरेकी हुन् ।
प्रताप मल्लले विसं १७२७ मा ‘नाना देश र नाना तीर्थ’ बाट जल ल्याएर पोखरी भरेको स्मरण गर्न पुनर्निर्माणपछिको रानीपोखरीका लागि ठाउँठाउँबाट जल ल्याउने विधि पुर्याइएको हो । ‘प्रताप मल्लले शोकको सागरमा डुबेकी आफ्नी रानीलाई सामान्य जीवनमा फर्काउन बनाएको यस ऐतिहासिक, धार्मिक, पर्यावरणीय महत्त्वको पोखरीको किनारामा बसेर हिजोको दिनमा हामीले गरेको अठोट पूरा गर्न पाउँदा खुसी लागेको छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘रानीपोखरीले पुनर्निर्माणमा एउटा उदाहरण प्रस्तुत गरेको छ ।’


![बालेनलाई ‘साइज’मा राख्नेगरी महाधिवेशनबाट पारित यस्तो छ रास्वपाको विधान [पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/Rabi_Balen_RSP_3_N6Dh0SQcjA.jpg)








