०७ साउन २०८३, बिहीबार

कोरोना खोप परीक्षणमा सहभागी व्यक्तिको मृत्यु, परीक्षण जारी रहने

कात्तिक ६, २०७७
कोरोना खोप परीक्षणमा सहभागी व्यक्तिको मृत्यु, परीक्षण जारी रहने

आस्ट्राजेनेका कम्पनीले गरिरहेको कोरोना खोप परीक्षणमा सहभागी एक स्वयंसेवकको ब्राजिलमा मृत्यु भएको ब्राजिलको स्वास्थ्य निकाय आनभिसाले बुधवार जनाएको छ । 

तर खोपको परीक्षणलाई यसै आधारमा रोक्न नमिल्ने आयोजकहरूले बताएका छन् । खोपकै कारणले ती व्यक्तिको मृत्यु नभएको संकेत यसबाट पाइएको छ । 
 

आनभिसालाई मृत्युको सूचना सोमवार दिइएको थियो । तर खोप परीक्षणको निगरानी गरिरहेको अन्तर्राष्ट्रिय मूल्यांकन तथा सुरक्षा समितिले परीक्षण जारी राख्न सिफारिश गरेको छ । 

ती स्वयंसेवकलाई खोप दिइएको थियो कि प्लासेबो लिइएको थियो भन्ने स्पष्ट छैन । तर एक स्रोतले उनलाई प्लासेबो दिइएको बतायो । स्वास्थ्यको जानकारी गोप्य राख्नुपर्ने भएकाले थप सूचना प्रकाशन गरिएको छैन । 

सहभागीहरूलाई खोप दिने कि प्लासेबो दिने भनेर छुट्ट्याइएको हुन्छ र दुवै समूहलाई स्वतन्त्र रूपमा समीक्षा गरिन्छ । ब्राजिलमा घटनाको मूल्यांकन गरिएपछि मानवीय परीक्षणको सुरक्षाका विषयमा चिन्ता नगर्नुपर्ने पाइएपछि यसलाई जारी राख्ने निर्णय ब्राजिली नियामक संस्थाले जनायो ।

डी ओर इन्स्टिच्युटले ब्राजिलमा खोपको परीक्षण गरिरहेको छ र त्यसमा ८ हजारजना स्वयंसेवीले भाग लिइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्