
दशैँको मुखमा बिहीवार सुनको मूल्य बढेको छ ।
छापावाल सुन बिहीवार प्रति तोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधवार यस्तो सुनको मूल्य ९५ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीवार तेजाबी सुनको मूल्य ९५ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस दिन चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा काराेबार भइरहेको छ। बुधवार चाँदी प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।