०४ असार २०८३, बिहीबार

विदेशबाट हालसम्म १ लाख १७ हजार बढी फर्किए, कुन देशबाट कति (तथ्यांकसहित)

कात्तिक ६, २०७७
विदेशबाट हालसम्म १ लाख १७ हजार बढी फर्किए, कुन देशबाट कति (तथ्यांकसहित)

कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा रोजगार गुमाएका तथा फर्किनै पर्ने अवस्थामा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । बिहीबारसम्म विभिन्न ३२ मुलुकबाट १ लाख १७ हजार ९८९ जना नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ३२ मुलुकबाट सो संख्यामा नेपाली स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्किनेमा खाडी मुलुकबाट सबैभन्दा धेरै रहेका छन् । बिहीबार पनि कतार, चीन युएई, मलेसिया लगायतका देशबाट नेपाली फर्किएका छन्।
कोरोना महामारीका कारण सरकारले अन्तरराष्ट्रिय उडान गरेको केही समयपछि चार्टर उडान गरिएको थियो भने पछिल्लो समय नियमित उडान समेत हुन थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्