३० असार २०८३, मंगलबार

काठमाडौँ महानगरका सबै वडा कार्यालय भवन नयाँ बन्ने

कात्तिक ७, २०७७
काठमाडौँ महानगरका सबै वडा कार्यालय भवन नयाँ बन्ने

काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिएको छ । 
काठमाडौँ महानगरपालिकामा प्रमुखको पदभार ग्रहण गरेसँगै मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा  केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरुपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 
काठमाडौँ महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले पनि सोही निर्णय गरेको थियो । त्यसैलाई निरन्तरता दिँदै आज प्रमुख शाक्यले वडा–९ को वडा कार्यालय भवनको उद्घाटन गरे । 
उनले उद्‍घाटनपछि कार्यक्रमलाई सम्वोधन गर्दै आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने भनेर गरेको निर्णयलाई पुर्णता दिएरै छाड्ने बताए। 
प्रमुख शाक्यले सबै वडा भवन बनाउने कार्यक्रम अन्तर्गत वडा वडा–१८ को उद्घाटन भै सकेको जानकारी दिए । 

कार्यक्रममा सम्वोधन गर्दै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले करीब ४५ वर्षदेखि जीर्ण रहेको भवनबाट सेवा दिदैँ आएका वडा–९ ले सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा खुशी लागेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्