
शनिबारसम्म विदेशबाट १ लाख २० हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म विभिन्न ३२ मुलुकबाट १ लाख २० हजार ८२९ नेपाली स्वदेश फर्किएका हुन् । कोरोना महामारी सुरु भएयता सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि चार्टर र सीमित उडानमार्फत नेपाली ल्याउँदै आएको छ ।
आजपनि साउदी, कतार, मलेसिया, चीन लगायतका देशबाट केही विदेशीसहित नेपाली स्वदेश फर्किएका छन् ।

