२१ जेठ २०८३, बिहीबार

कोरोना संकटका कारण शक्तिपीठमा चहलपहल कम

कात्तिक ९, २०७७
कोरोना संकटका कारण शक्तिपीठमा चहलपहल कम
तस्वीर : सामाजिक सञ्जाल

कोरोना भाइरसको महामारीका कारण यस वर्ष  आश्विन शुक्ल नवमीका दिन आज पोखरा र आसपासका शक्तिपीठमा दर्शनार्थीको चहलपहल कम देखिएको छ ।

कोरोना महामारीप्रति सर्वसाधारणको सजगताका साथै प्रशासनले पनि महामारी फैलिन सक्ने जनाउँदै पूजाआजामा रोक लगाएका कारण विगतमा महानवमीका दिन हुने गरेको भीडभाड यस वर्ष नभएको हो । पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायत आसपासका शक्तिपीठ  आज सुनसान बनेका छन् । 

विगत वर्षमा महानवमीका दिन स्याङ्जा, कास्की, तनहुँलगायत विभिन्न स्थानबाट आउने दर्शनार्थीका कारण चहलपहल हुने गरेको पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा यस वर्ष भने दर्शनार्थीको चाप नरहेको कोटभैरव मन्दिर संरक्षण तथा सम्बर्द्धन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए ।

नेपालका बाइसेचौबीसे राजाका पालादेखि नै अस्तित्वमा आएको मानिने कोटभैरवमा प्राचीन परम्परालाई निरन्तरता दिँदै घटस्थापनासहित महाष्टमी, कालरात्रि र  महानवमीको सामान्य पूजा भने गरिएको छ ।

मन्दिरमा घटस्थापनादेखि नै मगर पुजारीले सरसफाइसहित नियमित पूजाआजा तथा ब्राह्मण पुजारीले दैनिक सप्तशती पाठ गर्छन् । 

salt training

कमेन्ट गर्नुहोस्