०१ साउन २०८३, शुक्रबार

दुवै हात नभएका यी व्यक्ति चिउँडोले खेल्छन् स्नूकर, जितिसके थुप्रै पुरस्कार (भिडियो)

माघ १९, २०७७
दुवै हात नभएका यी व्यक्ति चिउँडोले खेल्छन् स्नूकर, जितिसके थुप्रै पुरस्कार (भिडियो)

जन्मिँदै दुईवटा हात नभएका एक पाकिस्तानी व्यक्तिले चिउँडोले स्नूकर खेल्न सिकेका छन् । 
 

पञ्जाब प्रान्तको समुन्द्रीका मुहम्मद इक्रमले स्नूकर खेल्नका लागि विशेष प्रविधि विकसित गरेका हुन् ।
 

फैसलाबाद नजिकको समुन्द्रीमा रहेको ब्ल्याक पट स्नूकर क्लबमा इक्रमले सेतो बल चिउँडोले हिर्काएर पसाएको भिडियो सार्वजनिक भएको छ । 

आफ्नो दुर्लभ क्षमताका कारण इक्रमले अन्तर्राष्ट्रिय ख्याति कमाएका छन् । 

भिडियोमा देखिन्छ, स्नूकर क्लबका एक सदस्यले इक्रमलाई शर्ट लगाइदिन्छन् र उनी टेबलमा आउँछन्, घाँटी झुकाएर तारो लिन्छन् र ठोकिएर आएको बललाई प्वालमा छिराउँछन् । 

उनले मुख खोल्दै अनि बन्द गर्दै बल छिराउनका लागि शक्ति लगाएको देखेर मानिसहरू ताली बजाउँछन् । 

उनले कुनै कुनै बल मात्र छिराउन सक्दैनन् । बीचबीचमा ब्रेक लिँदा उनलाई अरूले आएर खानेकुरा दिन्छन् । 
 

इक्रमले भने, ‘मैले स्नूकरका राम्रा खेलाडीहरू भेटेको छु । उनीहरूले मलाई तिमी जिनियस हौ भनेका छन् र मैले पाकिस्तानलाई ख्याति दिलाउने बताएका छन् ।’

गरीब परिवारमा जन्मेका इक्रमका नौ दाजुभाइ दिदीबहिनी छन् । उनले बाल्यकाल मानिसहरूले स्नूकर खेलेको हेरेर बिताए । 

पछि उनलाई आफू पनि खेल्छु जस्तो लाग्यो र गोप्य स्थानमा रहेर चिउँडोले खेल्ने अभ्यास गर्न थाले ।

विगत दुई वर्षमा स्थानीय तहमा आयोजित प्रतियोगिताहरूमा इक्रमले थुप्रै पुरस्कार जितेको क्युमास्टर स्नूकर क्लबका मालिक मियाँ उस्मान अहमदले बताए । 

आफूसँग हात नभए पनि हौसला रहेको इक्रम बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्