२६ असार २०८३, शुक्रबार

छोरीलाई जिताउन देउवालाई लिएर प्रचण्ड पुगे चितवन

कात्तिक २०, २०७४
छोरीलाई जिताउन देउवालाई लिएर प्रचण्ड पुगे चितवन

काठमाडौं २८ वैशाख– वैशाख ३१ गते हुने निर्वाचनमा छोरीको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रचण्ड चितवन पुगेका हुन् । चितवनको हाकिम चोकस्थित बसपार्कमा हुने संयुक्त चुनावी सभालाई प्रचण्ड र देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

चितवनको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री रेणु दाहाल मेयरकी उम्मेदवार छन् । नेपाली कांग्रेससँग तालमेल गरेर माओवादीले मेयरको उम्मेदवार उठाएको हो ।

निर्वाचन प्रचारको अन्तिम दिन प्रचण्ड र देउवा चितवन पुगेका हुन् । देउवा र प्रचण्ड जहाजको एउटै सिटमा बसेका थिए । चुनावी प्रचारका लागि एमाले अध्यक्ष केपी अोली पनि चितवन पुगेका छन् । 

तस्वीरः प्रकाश दाहालको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्