
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यसपालिको दशैंमा पोहोरको फोटो हेरेर चित्त बुझाएको जनाएका छन् ।
दशैंका दिन सोमवार फेसबूकमा लेख्दै डा. भट्टराईले टाढैबाट बुबाको आशिर्वाद लिएको र पोहोरको फोटो हेरेर चित्त बुझाएको उल्लेख गरेका हुन् ।
भट्टराई दम्पतीलाई केही दिन अघि कोरोना संक्रमण भएको थियो । अहिले उनी र हिसिला यमी होम आइसोलेसनमा बसिरहेका छन् ।
‘कोरोना महामारीका कारण यस बर्ष विजया दशमीका दिन टाढैबाट बुबाको आशिर्वाद ग्रहण गरियो र गत वर्षको फोटो हेरेर चित्त बुझाइयो,’ उनले फेसबूकमा लेखेका छन् ।