
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाउँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।
डा. भट्टराई र पूर्व मन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड–१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनता समाजवादी पार्टी (जसपा) युवा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
‘पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरूबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रशंसा पनि गरिएको छ,’ पाण्डेले भने ।
भट्टराईले सम्बोधनमा वान बेल्ट वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको जनाइएको छ ।